फर्किए कमेडियन सुनिल पाल
नयाँ दिल्ली । मंगलबार अबेर रात चर्चित हास्य कलाकार सुनिल पाल बेपत्ता भएको खबर आयो । डिसेम्बर १ मा घरबाट निस्किएका उनी नफर्केको भनिएको थियो । पालकी श्रीमती श्रीमानलाई खोजिदिन भन्दै प्रहरी चौकी पुगेकी थिइन् ।
अहिले फेरि सुनिल ठिक भएको र दिल्लीबाट मुम्बई फर्किने खबरहरु आइरहेका छन् । सुनीलकी श्रीमती सरिता पालले आफू प्रहरी चौकीमा रहेको र अहिले नै धेरै कुरा बताउन नसक्ने भनेको भन्दै दैनिक भास्करले समाचार छापेको छ ।
सुनिलले एक जना प्रहरीसँग कुरा गरेको अनि उनी फर्किन थालेको म्यासेज दिएको पनि उनले बताएकी थिइन् । यसबारे सबै जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत दिइने पनि उनले भनेकी थिइन् ।
उनलाई कसैले फसाएका हुन् कि होइनन् भन्ने कुरा पनि पत्रकार सम्मेलनमै खुलाइने सरिताले बताएकी छन् । सुनील पाल ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ र ‘द ग्रेट इन्डियन कमेडी शो’ जस्ता शोहरूमा देखा परेका छन् ।
उनी द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जको पहिलो सिजनका विजेता थिए । यस बाहेक उनले बम्बे टु गोवा, फिर हेरा फेरी, हम तुम र किक जस्ता चर्चित फिल्ममा काम गरिसकेका छन् । सुनिलले ‘भावनाओ को समझो’ फिल्मको निर्माण, निर्देशन र लेखन पनि गरेका थिए ।
यो फिल्ममा ५१ जना कमेडियनहरूले काम गरेका थिए । यही कारणले फिल्मको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।
सुनिल पाल अन्तिम पटक २०१८ को फिल्म ‘तेरी भाभी है पगले’ मा देखिएका थिए । हिन्दी फिल्मका अलावा उनले मराठी फिल्म सासु चा स्वयंवरमा पनि काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, एक युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण