खाद्यले किन्यो ८७ हजार क्विन्टल धान
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ८७ हजार १७४ क्विन्टल धान खरिद गरेको छ । कम्पनीले ७ लाख ३० हजार क्विन्टल (७३ हजार ६ सय २० मेट्रिक टन) धान खरिद गर्ने राखेको लक्ष्यमा हालसम्म ८७ हजार १७४ क्विन्टल खरिद गरिसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । उनका अनुसार कम्पनीले ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्न साढे दुई अर्ब बढी रकम खर्च गर्ने छ ।
सुवेदीले महेन्द्रनगर, धनगढी, नेपालगन्ज, राजापुर, तुलसीपुर लगायत स्थानबाट धान खरिद भइरहेको जनाइन् । पश्चिमबाट क्रमिक रूपमा पूर्वतिर धान खरिद गरिने बताउँदै उनले साताभरमा पूर्वका क्षेत्रमा पनि धान खरिद सुरु हुने जानकारी दिइन् । ‘आफ्नो शाखा बाहेक पालिकाहरू, कृषि सहकारीबाट खरिद गर्ने योजना छ,’ उनले भनिन्, ‘किसानको धान आएसम्म खरिद गर्छौँ, यो लक्ष्य प्राप्ति गर्छौँ, तर अन्य बाहिर विषयले असर पर्यो भने यो भन्न सकिँदैन ।’
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय १०.५१ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५ सय ८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण