आउला त फिल्म पुष्पा–३ ?
नयाँ दिल्ली । यो वर्षको सर्वाधिक प्रतीक्षा गरिएको फिल्ममध्ये एक हो पुष्पा २ । यो फिल्म कतिबेला हलमा आउला र हेरौँला भनेर दर्शकहरू कुरिरहेका छन् ।
फिल्मको ट्रेलर हेरेपछि फ्यानहरू ठुलो पर्दामा अल्लु अर्जुनलाई हेर्न झनै व्यग्र भएका छन् । तर यसैबिच पुष्पा ३ लाई पुष्टि गर्ने अर्को तस्बिर आएको छ । रोचक कुरा चाँहि यो तस्बिरसँग तेलुगू स्टार विजय देवराकोन्डाको पुरानो ट्विट भाइरल भइरहेको छ ।
ओस्कार विजेता साउन्ड डिजाइनर रसूल पुकुट्टी पुष्पा–२ मा काम गरिरहेका छन् । मङ्गलवार उनले एक्समा स्टुडियोबाट एउटा फोटो शेयर गर्दै साउन्डमिक्सिङ भइसक्यो भनेर भनेका थिए ।
यो फोटोमा रसूलको साथमा उनको टिम पनि थियो । तर उनीहरूको पछाडि एउटा स्पाइलर फोटो थियो । यसमा पुष्पा ३ः द र्याम्पेज लेखिएको थियो । केही बेरमै रसूलले आफ्नो पोस्ट डिलिट गरिलिए । तर यतिबेलासम्म सोसल मिडिया पुजरहरूले उनको यो फोटो सेभ गरेर राखिसकेका थिए ।
पुष्पा–३ सँग विजय देवरकोन्डाको कनेक्शन
सन् २०२२ मा विजयले एउटा ट्विट गर्दै पुष्टाको तीन पार्टसको उल्लेख गरेका थिए । तीन ओटै फिल्मको नाम उनले ‘द राइज’, ‘द रुल’ र ‘द र्याम्पेज’ बताएका थिए । विजयले आफ्नो ट्विटमा पुष्पा-३ को जे नाम बताएका थिए रसूलको फोटोमा पनि सोही नाम आएको छ । तेस्रो फिल्मको नामलाई बोल्ड अक्षरमा लेख्दै विजयले पुष्पाका निर्देशक सुकुमारलाई ट्याग गरेर ‘तपाइसँग काम गर्ने व्यग्र प्रतीक्षामा छु’ भनेर लेखेका थिए ।
फ्यानहरूले रसूल पुकुट्टीको फोटो र विजयको पुरानो ट्विटलाई एक साथ सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । केही फ्यानले त पुष्पा–३ मा विजयले अल्लुको छोराको भूमिका गछन् भन्ने थ्योरी पनि बनाइरहेका छन् ।
हालै हैदरावादमा पुष्पा २ को प्रि–रिलिज इभेन्टमा सुकुमारले पुष्पाको दुवै भागले अल्लु अर्जुनको करियरको दुई वर्ष खर्च गरिसकेको भन्दै अहिलेको लागि पुष्पा–३ बारे कुरा गर्न नसक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण