एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि
काठमाडौँ । एनप्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा सातौँ एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि हुने भएको छ ।
खेलकुद सप्ताहमा विभिन्न ४ खेलको प्रतिस्पर्धा हुने कार्यक्रम आयोजकका उपाध्यक्ष अतिरिक्त क्रियाकलापका संयोजक प्रेमकुमार भुजेलले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । फुटसल, बास्केटबल, कबड्डी र तानडोरीमा छात्र/छात्रातर्फ प्रतिस्पर्धा हुनेछ ।
चारै खेलका लागि संयोजक पनि तोकिएको छ । फुटसलमा गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष नीराजन आचार्य, बास्केटबलमा आयोजकका उपाध्यक्ष माधव अधिकारी, कबड्डीमा आयोजकका पूर्वउपाध्यक्ष श्याम योञ्जन र तानडोरीमा आयोजकका उपाध्यक्ष नारायणबाबु तिमल्सिनालाई संयोजक तोकिएको छ ।
फुटसल कमलादीस्थित युनिग्लोब कलेज, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुल, कबड्डी र तानडोरी भीमसेनगोलास्थित आदर्श मावि खेलाइने छ ।
खेलकुद सप्ताहमा १ सय २० भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकका अध्यक्ष अमृत खड्काले जानकारी दिए । उद्घाटनको मार्च पास्टमा शीर्ष तीन स्थानमा रहने विद्यालयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिने छ । पहिलो दिन उद्घाटन समारोह मात्र हुनेछ ।
मङ्सिर २९ गतेसम्म चल्ने खेलकुद सप्ताह सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने संयोजक भुजेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण