भैरहवाबाट एक महिनामा करिब ५ हजार यात्रुको आवतजावत
बिहीबार, २० मङ्सिर २०८१, १३ : ११
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार यात्रुले आवतजावत गरेका छन् ।
विमानस्थलले सार्वजनिक गरेको विवरणअनुसार नोभेम्बर ३ (कार्तिक १८) देखि डिसेम्बर ३ (मङ्सिर १८) सम्म ४ हजार ७७१ यात्रुले अन्तर्राष्ट्रिय गन्तव्यको सेवा लिएका छन् ।
एक महिनामा भैरहवाबाट २ हजार २३८ यात्रु उडेका छन् भने २ हजार ५३३ यात्रु अवतरण गरेका छन् । भैरहवामा एक महिनाको अवधिमा ७८ उडान र ७८ अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।
एक महिनाको अवधिमा धेरै यात्रु बोक्ने जजिरा एयरवेज बनेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ ।
दोस्रो नम्बरमा रहेको फ्लाई दुबईले १ हजार १ सय ३२ यात्रुलाई सेवा दिएको छ । थाई एयर एसियाले ४४७ यात्रुलाई सेवा दिएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण