सुटिङस्थलमा छिरेर सलमान खानलाई विश्नोईको नाममा धम्क्याएपछि...
नयाँ दिल्ली । बलिउडका सुपरस्टार सलमान खानको सुटिङ स्थलमा एक जना अपरिचित व्यक्ति घुसेका छन् । सोधपुछ गर्ने क्रममा ती व्यक्तिले ग्याङस्टर लरेन्स विश्नोईको नाम लिएर धम्क्याउने कोसिस गरेको बताइएको छ । एक अधिकारीले यो घटनाको जानकारी दिएको भन्दै भारतीय सञ्चार माध्यमले समाचार छापेका छन् ।
सन्दिग्धलाई तत्कालै समातिएको र सोधपुछका लागि शिवाजी पार्क प्रहरी थानामा लगिएको छ । प्रहरीले यस मामिलामा छानबिन गरिरहेको छ । बुधबार राति मुम्बईको जोन ५ मा सलमानको सुटिङ स्थलमा एक सन्दिग्ध व्यक्तिले घुसपैठ गरेका थिए । दादर क्षेत्रमा यो घटना भएपछि प्रहरीले तत्कालै कारवाही गरेको बताइएको छ ।
यस मामिलामा खासै धेरै जानकारी आएको छैन । तर हालैका महिनामा अभिनेताले विश्नोई गिरोहबाट लगातार धम्की पाइरहेका छन् । गएको अप्रिलमा अभिनेताको बान्द्रास्थित घरमा गोली चलेपछि प्रहरीले उनको सुरक्षा व्यवस्था कसिलो पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण