सुटिङस्थलमा छिरेर सलमान खानलाई विश्नोईको नाममा धम्क्याएपछि...
नयाँ दिल्ली । बलिउडका सुपरस्टार सलमान खानको सुटिङ स्थलमा एक जना अपरिचित व्यक्ति घुसेका छन् । सोधपुछ गर्ने क्रममा ती व्यक्तिले ग्याङस्टर लरेन्स विश्नोईको नाम लिएर धम्क्याउने कोसिस गरेको बताइएको छ । एक अधिकारीले यो घटनाको जानकारी दिएको भन्दै भारतीय सञ्चार माध्यमले समाचार छापेका छन् ।
सन्दिग्धलाई तत्कालै समातिएको र सोधपुछका लागि शिवाजी पार्क प्रहरी थानामा लगिएको छ । प्रहरीले यस मामिलामा छानबिन गरिरहेको छ । बुधबार राति मुम्बईको जोन ५ मा सलमानको सुटिङ स्थलमा एक सन्दिग्ध व्यक्तिले घुसपैठ गरेका थिए । दादर क्षेत्रमा यो घटना भएपछि प्रहरीले तत्कालै कारवाही गरेको बताइएको छ ।
यस मामिलामा खासै धेरै जानकारी आएको छैन । तर हालैका महिनामा अभिनेताले विश्नोई गिरोहबाट लगातार धम्की पाइरहेका छन् । गएको अप्रिलमा अभिनेताको बान्द्रास्थित घरमा गोली चलेपछि प्रहरीले उनको सुरक्षा व्यवस्था कसिलो पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क
-
‘एक्टर : टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने
-
सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
-
टिकटकमाथिको प्रतिबन्धबारे के भन्छन् ट्रम्प ?
-
त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपलका लागि दुई जनाको मात्र आवेदन
-
बागमतीमाथि एपीएफको रवाफिलो जित