ओलीलाई प्रश्न : प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो ?
बिहीबार, २० मङ्सिर २०८१, १५ : ५७
काठमाडौँ । चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधे–प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो ? प्रधानमन्त्रीले धेरैको अनुमान विपरीत भारत भ्रमण नगरी पहिला चीन भ्रमण गरेपछि पत्रकारहरूले कार्यकालबारे प्रश्न गरेका थिए ।
पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पटक-पटक भन्दै आएको बताए । उनले डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने पनि बताए ।
‘अब १८ महिना म सरकार चलाउँछु, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण