भैरहवामा लुम्बिनी महोत्सव सुरु
बुटवल । भैरहवामा नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बिहीबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताए ।
उनले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको जनाउँदै व्यवसायीहरूलाई निराश नहुन आग्रह गरे । उनले व्यवसायीहरूलाई उच्च मनोबल बढ्ने गरी काम गर्न आग्रह गरे । मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै मन्त्री पौडेलले त्यसमा सरकार र निजी क्षेत्र दुवै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शङ्का नगर्न पनि आग्रह गरे । विमानस्थलबारे सरकारले गरेका निर्णयहरू क्रमशः कार्यान्वयन हुँदै गएको भन्दै विमानस्थल राम्रोसँग चल्ने उनको भनाई थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले यो मुलुक पर्यटनकै लागि बनेको बताए। तेस्रो मुलुकका व्यक्तिलाई मात्रै पर्यटक भन्ने तर भारतीयलाई नभन्ने बानी रहेको जनाउँदै अब त्यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाई थियो । ३ सय स्टल रहेको महोत्सवमा मुस्ताङको अर्ग्यानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म प्रदर्शनीमा राखिएको सङ्घका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।
उनका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँदैछ । महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ भने २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण