राष्ट्रियसभा उपाध्यक्ष घिमिरे स्वदेश फिर्ता
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा मलेसिया गएको १३ सदस्यीय संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्किएको छ । मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवलेकन भ्रमण सम्पन्न गरेर घिमिरे नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार स्वदेश फर्केको हो ।
भ्रमणका क्रममा उपाध्यक्ष घिमिरेले मलेसियाको उपल्लो सदनका सिनेटका उपाध्यक्ष दतुक नूर याजलान बिन तान सेरी मोहम्मद तथा संसदीय समितिका प्रमुख लगायतसँग भेटघाट गरेकी थिइन् ।
भेटमा दुवै देशका संसद्को सहकार्य बढाउन संसदीय मैत्री समूह गठन गरेर अघि बढ्ने र मलेसियामा कार्यरत नेपाली कामदारको सुरक्षा र रोजगारी लगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रतिनिधि मण्डलमा उपाध्यक्ष घिमिरेसहित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल र बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठक रहेका थिए ।
त्यस्तै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँड केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, सुदूर पश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी, सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव बविता मिश्र र उपसचिव सुलोचना पंज्ञानी पनि प्रतिनिधि मण्डलमा सहभागी थिए ।
नेपाली प्रतिनिधि मण्डल मङ्सिर १५ गते मलेसिया प्रस्थान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण