हिउँद सिजनमा कति हुन्छ रासायनिक मल खपत ?
काठमाडौँ । नेपालमा वर्षभरि ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल खपत हुन्छ । यसमध्ये हिउँद सिजन (कात्तिकदेखि पुससम्म) मा मात्रै गहुँ, उखु, तरकारी आदि बालीका लागि १ लाख ७७ हजार मेट्रिक टन मल खपत हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, माघदेखि वैशाखसम्म चैते धान, मकै, तरकारी बालीमा ९४ हजार मेट्रिक टन मल खपत हुन्छ । मन्त्रालयका अनुसार जेठदेखि असोजमा उत्पादन हुने धान, चिया, उखु, तरकारी खेतीका लागि २ लाख ४९ हजार मेट्रिक टन रासायनिक मल खपत हुन्छ । नेपालमा तीन मौसम हुने खेतीपातीका लागि फरक–फरक मात्रामा मल खपत हुने मन्त्रालयले जनाएको छ ।
वर्षभरमा युरिया ३ लाख १० हजार मेट्रिक टन, डीएपी १ लाख ९० हजार मेट्रिक टन र पोटास २० हजार मेट्रिक टन खपत हुने मन्त्रालयले जनाएको छ ।
जेठदेखि असोज महिनामा उत्पादन हुने बालीमा युरिया १ लाख ६० हजार मेट्रिक टन, डीएपी ९० हजार मेट्रिक टन र पोटास ९ हजार मेट्रिक टन गरी २ लाख ४९ हजार मेट्रिक टन रासायनिक मल खपत हुने मन्त्रालयको तथ्याङ्क छ ।
कात्तिकदेखि पुस महिनामा उत्पादन हुने बालीमा युरिया १ लाख मेट्रिक टन, डीएपी ६० हजार मेट्रिक टन र पोटास ७ हजार मेट्रिक टन गरी १ लाख ७७ हजार मेट्रिक टन रासायनिक मल खपत हुने मन्त्रालयको तथ्याङ्क छ ।
माघदेखि वैशाखसम्म हुने बालीमा युरिया ५० हजार मेट्रिक टन, डीएपी ४० हजार मेट्रिक टन र पोटास ४ हजार मेट्रिक टन गरी कुल ९४ हजार मेट्रिक टन मल खपत हुने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण