तृप्ति बनिन् सबैभन्दा लोकप्रिय भारतीय स्टार, शाहरुख र दीपिकालाई पनि पछि पारिन्
मुम्बई । आईएमडीबीले भारतको सबैभन्दा लोकप्रिय चलचित्र स्टारहरूको सूची जारी गरेको छ। सूची अनुसार तृप्ति डिमरीको नाम पहिलो स्थानमा छ । यसरी अभिनेत्रीले शाहरुख खान, दीपिका पादुकोण र आलिया भट्टलाई पछाडि छाडेकी छिन् ।
आईएमडीबीको सूची अनुसार दीपिका दोस्रो स्थानमा, शाहरुख चौथो र आलिया ९औँ स्थानमा छन् । सूचीको तेस्रो स्थानमा ईशान खट्टर रहेका छन् । ऐश्वर्या राय सातौँ, सामन्था रुथ प्रभु आठौँ र प्रभास दसौँ स्थानमा छन् ।
तृप्तिले यस उपलब्धिमा खुसी व्यक्त गर्दै आईएमडीबीलाई पनि धन्यवाद दिएकी छन् । इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेकी छन्– यो मेरो लागि निकै अनौठो पल हो । कस्तो अचम्मको वर्ष थियो। यस सम्मानको लागि आईएमडीबीलाई धन्यवाद। मैले काम गर्ने अवसर पाएका अद्भुत व्यक्तिहरूको लागि म धेरै आभारी छु। यस वर्ष मलाई यति धेरै माया देखाउनेहरूलाई मेरो हृदयदेखि नै धन्यवाद। यो एक अविस्मरणीय वर्ष भएको छ र अझै धेरै आउन बाँकी छ !’
तृप्तिको कामको कुरा गर्दा उनी लैला मजनु र एनिमल जस्ता फिल्मका लागि चिनिन्छिन्। उनले अविनाश तिवारीसँग फिल्म लैला मजनुमा काम गरेकी थिइन् ।
त्यही क्रममा उनले रणवीर कपूरसँग फिल्म एनिमलमा स्क्रिन सेयर गरिन्। यो फिल्मबाट नायिकाले निकै चर्चा पाएकी थिइन् । उनी हालै फिल्म विक्की विद्या का वो भिडियो र भूल भुलैया ३ मा देखिएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछामको ढकारीमा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए
-
रास्वपाले बोलायो सचिवालय बैठक, सात विषय छलफलका एजेन्डा
-
सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको १५ दिने सूचना
-
डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्षमा डोटेली कान्छा
-
‘हाम्रो सिकाउने र विद्यार्थीले सिक्ने प्रणालीमै समस्या भयो’
-
अखिल क्रान्तिकारी चुनाव : मधेस प्रदेशमा यादवको अग्रता कायमै