मार्सल ल लागू गरेकोमा दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी
सियोल । दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलले यो हप्ता मार्सल ल लागू गरेकोमा माफी मागेका छन्। राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले भने, ‘म मार्सल ल लागू भएकोमा धेरै दुःखी छु। यसबाट स्तब्ध भएकाहरूसँग म इमानदारीपूर्वक माफी माग्न चाहन्छु।’
मार्सल लको घोषणा र हटाएपछि राष्ट्रपतिले आफ्नो पहिलो सम्बोधनमै राजीनामाको घोषणा गर्न सक्ने अनुमान गरिएको थियो तर त्यसो भएन । राष्ट्रपतिले स्थिति स्थिर बनाउने जिम्मा सत्तारुढ दललाई दिने बताए । उनले आफ्नो भाषणमा आफूमाथि लगाइएको महाभियोगको पनि उल्लेख गरेनन् ।
युन सुक-योलले मंगलबार अचानक देशमा मार्सल ल घोषणा गरेर सबैलाई चकित पारेका थिए। उनले यो कदम चाल्नुको कारण ‘राष्ट्र विरोधी शक्ति’ लाई तह लगाउनु रहेको बताए ।
तर, मार्सल ल लागू भएपछि देशमा चर्को विरोध सुरु भयो । विपक्षी दलले राष्ट्रपतिको राजीनामा माग गर्दै उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण