सिरियाको घटनाक्रमबारे के भन्छन् अमेरिकी राष्ट्रपति बाइडेन ?
वासिङ्टन डीसी । यतिबेला सिरियामा उथलपुथल भइरहेको छ । विद्रोहीहरूले राजधानी कब्जा गरेपछि राष्ट्रपति बशल अल–असल देश छाडेर भागेका छन् ।
यसैबिच अमेरिकाले सिरियामा भएको घटनाक्रमलाई लिएर प्रतिक्रिया दिएको छ । सिरियामा भइरहेका अनपेक्षित घटनाहरूको निगरानी गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएको ह्वाइट हाउसले भनेको छ ।
यसैबिच सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमा रहेको र जनताको हितमा काम गर्न तयार रहेको बताएका छन् । ‘सिरिया एउटा सामान्य देश जस्तै बन्न सक्छ जसको आफ्ना छिमेकी र विश्वका अन्य देशहरूसँग राम्रो सम्बन्ध होस् ।’
सामाजिक सञ्जालमा राखिएको सन्देशमा उनले भनेका छन् । सिरियाली शहर देइर अजोरमा सरकारी सेनाले आफूहरूसमक्ष आत्मसमर्पण गरेको विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा बताएको छ ।
यो घोषणा विद्रोही समूह सहरमा प्रवेश गरेको खबर आएको एक मिनेटपछि आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण