सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजका हसन ईशाखिलको अर्धशतक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार खेलिएको खेलमा चितवन राइनोजका हसन ईशाखिलले अर्धशतक बनाएका छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
उनले ४१ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले आफ्नो अर्धशतक पुरा गरे उनी अझै अविजित छन् । जारी एनपीएलमा बनेको यो १६औँ अर्धशतक हो । हालसम्म चितवन राइनोजका रवी बोपराले दुईवटा अर्धशतक बनाएका थिए ।
हालसम्म सुदूरपश्चिम रोयल्सका सेफ अली जेब, लुम्बिनी लायन्सका विवेक यादब, कर्णाली याक्सका देब खनाल, कर्णाली याक्सका विलियम बोसिस्टो, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र पोखरा एभेन्जर्सका दीनेश खरेलले पनि एक–एक अर्धशतक बनाएका छन् ।
यसैगरी, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका छन् ।
जारी एनपीएलमा एकमात्र शतक पोखरा एभेन्जर्सका आन्द्रेस गौसले बनाएका थिए । उनले शुक्रबार खेलिएको लुम्बिनी लायन्सविरुद्धको खेलमा शतक बनाएका हुन् । सोही खेलमा उनले केवल २० बलमा अर्धशतक पुरा गरेका थिए । यो सबैभन्दा कम बलमा पुरा गरिएको अर्धशतक हो । ३१ वर्षीय गौस अमेरिकाका खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण