प्रधानमन्त्रीलाई शक्ति सुम्पने दक्षिण कोरियाली राष्ट्रपतिको फैसला
सोल । दक्षिण कोरियामा राजनीतिक उथलपुथल जारी छ । डिसेम्बर ३ को राति राष्ट्रपति युन सुक–येओलले सैनिक शासन अर्थात् मार्सल ल लागू गर्ने घोषणा गरेपछि त्यहाँको अवस्था झनै बिग्रिएको हो । सांसदहरूको चर्को विरोधका बिच लागू भएको ६ घण्टामै यो कानुन खारेज भएको थियो ।
तर अहिले अवस्था झन् बिग्रिएको छ । राजनीतिक सङ्कट उत्पन्न भएको छ । विपक्षीहरूले सत्ता कब्जा गर्न मार्सल ल घोषणा गरेकोमा येओलमाथि महाभियोग चलाउन अस्वीकार गरेर सत्तारूढ दलले दोस्रो ‘कू’ गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने सहमति
राष्ट्रपति र केही शीर्ष अधिकारीहरूविरुद्ध राजद्रोहको अभियोगमा छानबिन भइरहेको छ । सत्तारूढ दलले बहिष्कार गरेपछि योओललाई महाभियोग लगाउने प्रयास शनिवार असफल भएको थियो । योओलले प्रधानमन्त्री हान डुक–सू र पार्टी प्रमुखलाई सत्ता हस्तान्तरण गर्न सहमत भएको भन्दै खबरहरू आइरहेका छन् ।
सत्तारुढ दलको यो निर्णयलाई विपक्षी दल डेमोक्रेटिक पार्टीका नेता पार्क चान–डेले गैरकानुनी, असंवैधानिक कार्य भन्दै दोस्रो राजद्रोह र ‘कू’ को संज्ञा दिएका छन् । यसलाई तुरुन्तै रोक्न पनि उनले सत्तारुढ दलसँग आग्रह गरेका छन् ।
के छ नियम ?
दक्षिण कोरियाको संविधानअनुसार असक्षम हुँदैनन् वा उनले राजीनामा नदिए वा पद नछोड्दासम्म राष्ट्रपति सरकारको प्रमुख र सेनाको कमान्डर इन चिफ रहन्छ । तर उनी अक्षम भएको अवस्थामा निर्वाचन नहुँदासम्मका लागि अन्तरिम आधारमा प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरिन्छ ।
सूलाई शक्ति हस्तान्तरण गर्नुलाई विपक्षी दलले स्पष्ट रूपमा संवैधानिक उल्लङ्घन भनेको छ । यसका लागि कानुनी आधार नभएको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण