सर्ने भयो रणबीर कपूरको ‘एमिनल पार्क’ को शुटिङ
नयाँदिल्ली । एनिमलले नै बलिउड अभिनेता रणबीर कपूरलाई स्टारडम दिलाएको थियो । बक्स अफिसमा यो फिल्म ब्लकबष्टर साबित भयो । केही समय अघि मेकरहरूले फिल्मको पार्ट २ ‘एनिमल पार्क’को घोषणा गरेका थिए ।
अभिनेताको फिल्म छिटै हेर्न पाइने भयो भनेर फ्यानहरू पनि उत्साहित थिए । तर अब भने फिल्मबारे नयाँ जानकारी आएको छ ।
निर्देशक संदीप रेड्डी वांगालाई फिल्मलाई ट्रिलोजीमा परिणत गर्न खोजेको हालै एउटा अन्तरवार्तामा रणबीरले भनेका थिए । डेडलाइन बलिउडसँगका कुराकानीका क्रममा रणबीरले संदिप यतिबेला अरु कुनै प्रोजेक्टमा व्यस्त रहेको र ‘एनिमल पार्क’को शूटिङ २०२७ मा मात्रै शुरु हुने बताएका छन् ।
सन्दीपले फिल्मलाई तीन भागमा ल्याउन लागेको पनि उनले बताए । फिल्मको दोस्रो भागको नाम एनिमल पार्क हुने पूष्टि अभिनेताले गरेका छन् । सिक्वेलबारे पहिलो भागकै बेलामा कुराकानी शुरु भइसकेको पनि उनले भनेका छन् ।
‘एनिमल पार्क’लाई लिएर उत्साहित छन् रणबीर
‘यो निकै रोमाञ्चक छ, किनकि अब मैले दुईवटा पात्रको भूमिका निर्वाह गर्न पाएको छु, एउटा विरोधी र अर्को नायक ।’ एनिमल पार्कमा आफूले खेल्न लागेको पात्रबारेमा कुरा गर्दै अभिनेताले भने ।
फिल्मको पहिलो भागमै नायकको शत्रुले प्लास्टिक सर्जरी गराएर नायक जस्तै देखिने कुरा आएको थियो । यो रोचक ट्विस्टबाटै दोस्रो भाग शुरु हुने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण