प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्छौँ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्ने बताएका छन् ।
राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफूले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताएका हुन् । उनले जरुरी परे संसद्को विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौँ जनतासँग मिलेर प्रतिक्रियावादीबिरुद्ध लड्ने चेतावनी पनि दिए ।
सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको उनको भनाई थियो । प्रचण्डले अहिले सरकारमा रहेका दलका नेताहरूको हातमा राजनीति नरहेको र उनीहरूको राजनीति बिचौलिया र दलालहरूको हातमा छ भन्ने प्रस्टै देखिएको आरोप लगाए ।
बिचौलियाहरूले घुमाएर अहिलेको सरकारमा रहेका नेताहरूलाई रातारात उठबस गराएको उनले बताए । उनले बिचौलियाहरूले सङ्ख्याको तागत देखाएको भन्दै आफूहरूले जनताको तागत देखाउने उल्लेख गरे ।
प्रचण्डले माओवादीको सकारात्मक पहल र ज्ञानेन्द्र शाहको नकारात्मक क्रियाकलापले मुलुकमा गणतन्त्र सम्भव भएको धारणा पनि राखे । त्यस्तै उनले अहिलेको शासकीय स्वरूप र निर्वाचन प्रणाली देशका लागि हितकर नभएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण