जर्ज सोरोस र सोनिया गान्धीलाई लिएर भारतमा किन भइरहेछ हंगामा ?
नयाँ दिल्ली । अमेरिकी अर्बपति लगानीकर्ता जर्ज सोरोस र भारतीय कांग्रेस पार्टीका नेताबीच कथित सम्बन्धको विषयलाई लिएर सोमबार फेरि भारतको संसद् बैठक अवरुद्ध भएको छ । यस विषयमा भारतीय जनता पार्टी लगातार आक्रामक बनिरहेको छ ।
यस विषयमा बहसको माग गर्दै पार्टीले संसदमा हंगामा मच्चाएको छ । जसका कारण सदनको कार्वाही अवरुद्ध भयो । यसअघि आइतबार एक पत्रकार सम्मेलनमा भाजपाले कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी जर्ज सोरोस फाउन्डेशनद्वारा वित्त पोषित संस्थासँग सम्बन्धित रहेको आरोप लगाएको थियो । त्यो फाउन्डेसनले कश्मीरको स्वतन्त्र राष्ट्रको विचारलाई समर्थन गरेको बताइएको छ ।
यो सम्बन्धले भारतको आन्तरिक मामिलामा विदेशी संस्थाको प्रभाव देखाएको भाजपाको भनाई छ । संगठित अपराध र भ्रष्टाचार रिपोर्टिङ परियोजना (ओसीसीआरपी) र हंगेरी मूलका अमेरिकी व्यापारी जर्ज सोरोसले भारतको अर्थतन्त्रलाई बर्बाद गर्न र मोदी सरकारलाई बदनाम गर्न विपक्षीहरूसँग मिलेर काम गरेको भाजपाको दाबी छ । केही समयअघि भारतीय अर्बपति व्यापारी गौतम अदानीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले काखी च्यापेको भन्दै कंग्रेसले संसदमा हंगामा गरेको थियो ।
कश्मीरको मुद्दा
सोनिया जर्ज सोरसको फाउन्डेशनले वित्त पोषण गरेको फोरम अफ डेमोक्रेटिक लिडर्स इन एशिया प्यासिफिक (एफडीएल–एपी) फाउन्डेसन’को सह–अध्यक्ष रहेको भाजपाको दाबी छ । कश्मिरलाई अलग क्षेत्र मान्नुपर्छ भन्ने सो फाउन्डेशनले विचार व्यक्त गरेको पनि भाजपाले बताएको छ ।
सोनिया गान्धी र कश्मीरलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने विचारलाई समर्थन गर्ने संगठनबिचको साँठगाँठले भारतको आन्तरिक मामिलामा विदेशी संस्थाहरूको प्रभाव र त्यस्ता सम्बन्धको राजनीतिक प्रभावलाई प्रतिबिम्बित गर्ने सो पार्टीले भनेको छ ।
राजीव गान्धी फाउन्डेशनको अध्यक्षताका कारण सोनियाले जर्ज सोरोस फाउन्डेशनसँग साझेदारी गरेको र यसले भारतीय संस्थाहरूमा विदेशी वित्त पोषणको प्रभाव देखाएको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण