सहकारी ठगी प्रकरण
रास्वपाका कार्यकर्ताद्वारा पर्सा प्रहरी कार्यालय अगाडि नाराबाजी
सोमबार, २४ मङ्सिर २०८१, १६ : ५५
वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नाराबाजी गरेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार पर्सा लगेपछि कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।

कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सातर्फ लगेको हो ।
रविमाथि सहकारी ठगी प्रकरणमा पर्सामा पनि उजुरी परेपछि उनीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ । यसअघि रविका समर्थकले सिमरा विमानस्थलमा पनि प्रदर्शन गरेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण