समाचार
बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी पक्राउ
सोमबार, २४ मङ्सिर २०८१, १९ : ३२
काठमाडौँ । झापास्थित बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव कुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
काँकडभिट्टाबाट पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको छ । उनको घरमा कामदारको रूपमा राखिएकी बालिकालाई यौन दुर्व्यवहार गरेको सूचना पाएपछि उनी पक्राउ परेका हुन् ।
बालिकालाई सामाजिक संस्थासँगको सहकार्यमा प्रहरीले काँकडभिट्टाबाट उद्धार गरेको छ । बालिका भारतको आसाम जान लागेकी थिइन् । कलेज ड्रेसमा आसाम हिँडेको भेटेपछि सामाजिक संस्थाका प्रतिनिधिले सोधपुछ गर्दा बालिकाले आफूमाथि दुर्व्यवहार भएको बताएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण