समाचार
बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी पक्राउ
सोमबार, २४ मङ्सिर २०८१, १९ : ३२
काठमाडौँ । झापास्थित बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव कुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
काँकडभिट्टाबाट पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको छ । उनको घरमा कामदारको रूपमा राखिएकी बालिकालाई यौन दुर्व्यवहार गरेको सूचना पाएपछि उनी पक्राउ परेका हुन् ।
बालिकालाई सामाजिक संस्थासँगको सहकार्यमा प्रहरीले काँकडभिट्टाबाट उद्धार गरेको छ । बालिका भारतको आसाम जान लागेकी थिइन् । कलेज ड्रेसमा आसाम हिँडेको भेटेपछि सामाजिक संस्थाका प्रतिनिधिले सोधपुछ गर्दा बालिकाले आफूमाथि दुर्व्यवहार भएको बताएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात