माओवादी केन्द्रले आज भरतपुरमा खबरदारी सभा गर्दै
मङ्गलबार, २५ मङ्सिर २०८१, ०७ : ३२
![माओवादी केन्द्रले आज भरतपुरमा खबरदारी सभा गर्दै](https://npcdn.ratopati.com/media/news/maobadi_X4YqtY7NjI.jpg)
भरतपुर । नेकपा (माओवादी केन्द्र)ले आज भरतपुरमा विशाल खबरदारी सभा गर्दै छ । बेथिति भ्रष्टाचार महँगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको पार्टीले जनाएको छ ।
खबरदारी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा माओवादी केन्द्र भरतपुर महानगर समितिको आयोजनामा हुन लागेको खबरदारी सभामा महानगरका २९ वडाबाट आउने विशाल जुलुस भरतपुरको २४ कोटीमा भेला हुने कार्यक्रम तय गरिएको महानगर समितिका अध्यक्ष ईश्वर सापकोटा सुमनले बताए ।
खबरदारी सभामा दिउँसो १२:३० बजे अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति