‘नेता–कार्यकर्ता प्रदेश र केन्द्रमा केन्द्रित हुँदा माओवादीको स्थानीय संगठन कमजोर’
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको स्थानीयस्तरका संगठनात्मक कार्यहरू कमजोर भएको निष्कर्ष निकालेको छ । पार्टीका नेता कार्यहरूको ध्यान प्रदेश र केन्द्रतर्फका माथिल्ला कमिटीमा केन्द्रित हुने प्रवृत्ति देखिएकाले स्थानीयस्तरका कमिटी कमजोर बन्दै गएको निष्कर्ष निकालेको हो ।
मंसिर २० गते बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहका समितिहरूको कार्यालय–पदाधिकारी गठन गर्दा महिला, दलित र मुस्लिम (समुदाय भएको स्थानमा) लाई प्राथमिकताका साथ समावेश गर्न निर्देशन दिएको छ ।
सोही निर्देशनसहितको सर्कुलरमा आवधिक निर्वाचनहरूको स्थितिलाई ध्यानमा राखी पार्टी संगठनको बिस्तार गर्दा स्थानीय स्तरमा जोड दिनुपर्ने आवश्यकता रहेको औँल्याइएको एक नेताले बताए ।
‘तर पार्टी नेता–कार्यकर्ताहरूको वर्तमान स्थिति हेर्दा स्थानीय समितिहरूमा भन्दा पनि केन्द्र र प्रदेश लगायतका माथिल्ला समितिहरूमा केन्द्रित हुने प्रवृत्ति बढिरहेको देखिन्छ । त्यसले गर्दा स्थानीयस्तरका पार्टी समितिहरूका संगठनात्मक कार्यहरू कमजोर हुँदै गइरहेको सर्कुलरमा भनिएको छ’, ती नेताले भने ।
यो स्थितिलाई सुधार गर्नका लागि स्थानीय पार्टी अधिवेशनहरूले पार्टी केन्द्रीय समिति सदस्य र प्रदेश समिति सदस्य लगायतका माथिल्ला समितिका सदस्यहरूको जनस्तरसम्म संगठन बिस्तारका कार्यहरूमा जोडिने गरी कार्यविभाजनको गर्नेबारे आवश्यक सुझाव पठाउन समेत माओवादीले मातहतका कमिटीलाई निर्देशन दिएको एक नेताले बताए ।
माओवादीले स्थानीयस्तरको अधिवेशनहरू मंसिरभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३० मेगावाटको जगदुल्ला जलविद्युत् परियोजना : ‘कर्णाली समृद्धिको दरिलो खम्बा’
-
हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण