अधिकार रक्षाका लागि एकताबद्ध हुन प्रचण्डको अपिल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बढ्दो भ्रष्टाचार, बेथिति र शासकीय निरंकुशताले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा चुनौती खडा गरेको बताएका छन् ।
विश्व मानव अधिकार दिवसको अवसरमा आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यावत चुनौतीको सामना गर्दै मानव अधिकारको रक्षाका लागि एकताबद्ध हुन सबैमा आग्रह गरेका हुन् ।
‘विश्व जगतमा बढिरहेको वर्गीय द्वन्द्व, शक्तिशाली भनिनेद्वारा थोपरिएको जबरजस्त युद्ध र नरसंहार, प्रकृतिमाथिको दोहनबाट पर्वतीय मुलुकका जनताले भोग्नुपरेको पर्यावरणीय असर, नेपालमा बढ्दो भ्रष्टाचार, बेथिति र शासकीय निरंकुशताले मानव अधिकारको संरक्षण र संवर्द्धनमा चुनौती खडा गरेको छ।
यावत चुनौतीको सामना गर्दै मानव अधिकार रक्षाका लागि एकताबद्ध हुन सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछु’, प्रचण्डले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण