चितवनबाट प्रचण्डको घोषणा : सरकार नसच्चिए सशक्त प्रतिवाद
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफ्ना गलत गतिविधि नसच्याए सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
चितवनको भरतपुरमा मंगलबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा गएको भन्दै प्रचण्डले त्यो नरोकिए संसदको विशेष अधिवेशन बोलाउने र लाखौँ जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने चेतावनी दिए ।
राम्रो बन्दै गरेको विद्युत् प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेकाले यस्ता हर्कत स्वीकार्य नहुने प्रचण्डको भनाइ छ ।
आफूले प्रधानमन्त्री हुँदा रुग्ण उद्योगहरू सञ्चालनको तयारी गरेको तर अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको पनि प्रचण्डको आरोप छ ।
फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन केन्द्रित रहेको बताए ।
आफ्नाहरूलाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेकोझैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरेको प्रचण्डको भनाइ छ ।
‘तपाई हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरू नै ठुला सहकारी ठग छन् । तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ । उनीहरूलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ’, प्रचण्डले भने ।
उनले रविलाई आफैले प्रधानमन्त्री प्रस्ताव गरेको पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको भन्दै रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनीतिक प्रतिशोधको व्यवहार देखाएको सबैले बुझ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण