रियाल मड्रिडले बिगार्यो एटलान्टाको लय
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टाको अघिल्लो चरण प्रवेशमा धक्का पुर्याएको छ । मंगलबार राती एटलान्टाको घरेलु मैदानमा भएको खेलमा ३-२ को संघर्षपूर्ण जित निकाल्दै रियालले एटलान्टाको अघिल्लो चरण प्रवेशको सम्भावनामा धक्का पुर्याएको हो ।
यसअघि भएका ५ मध्ये ३ खेलमा जित र २ खेलमा बराबरी गरेर अन्तिम आठतिरको लय पक्डिएको एटलान्टाको यो पहिलो हार हो । रियालले भने ६ मध्ये तीन खेल जितेर ३ खेल गुमाएको अवस्था छ । मंगलबार राती रियाललाई जिताउन एम्बाप्पे, जुनियर र बेलिङघमले एक-एक गोल गरे । उता, दबाबमा रहँदा पनि दुई गोल पर्काएको एटलान्टाले अब अघिल्लो चरण प्रवेशका लागि बाँकी खेल जित्नै पर्ने भएको छ ।
यस्तै, च्याम्पियन्स लिग अन्तर्गत भएका अन्य खेलमा डायनामो जाग्रेव र सेल्टिकले गोल रहित बराबरी खेल्दा बायर लिभरकुजेनले इन्टर मिलानलाई हराएर लिगको दोस्रो स्थान कब्जा गरेको छ । ब्रेस्टले पीएसभी आइन्दोभेनलाई १-० ले हराउँदा क्लब ब्रुजले स्पोर्टिङ सीपीलाई २-१ ले पाखा लगायो । एस्टन भिल्लाले आरबी लेपजिगलाई ३-२ ले हराउँदा पेरिस सेन्ट जर्मेन पीएसजीले आरबी साल्जवर्गलार्ए ३-० गोल अन्तरले हरायो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण