'असद भागेर पुटिनतिर गए, तर पुटिन भागेर कहाँ जान्छन् ?'
कीएभ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले "बहादुर" असद (बशर अल-असद) पुटिनकहाँ भागेको, तर पुटिन चाहिँ भागेर कहाँ जान्छन् ? भन्दै प्रश्न गरेका छन् ।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'यस वर्षको मानव अधिकार दिवसमा सिरियाली जेल र यातना शिविरबाट बाहिरिएका तस्बिरहरू हृदयविदारक छन् ।'
उनले भने- त्यो असद भागेपछि खोलिएको थियो। त्यहाँ धेरै वर्षदेखि मानिसहरूलाई अपमानित गरिएको थियो। यसमा पुरुष र महिलाहरू पर्छन्। उनीहरूलाई कुटपिट, यातना र बलात्कार गरियो। हजारौँ मानिसहरू यस हिंसाबाट पीडित भए।
जेलेन्स्कीले असदको सरकार दशकौँदेखि हिंसामा निर्भर रहेको बताए। उनले भने- पुटिन समर्थित शासन यस्तो देखिन्छ। हामीले हाम्रो क्षेत्रमा रुसी आक्रमणकारीहरूले कब्जा गरेको प्रत्येक ठाउँमा यस्तै जेल र यातना शिविरहरू देखेका छौँ।
जेलेन्स्कीले पुटिन जस्तो तानाशाह विना असद जस्तो तानाशाह बाँच्न नसक्ने बताए । उनले पुटिनले असदको हारको बदला लिने प्रयास गर्ने पनि दाबी गरे। त्यसका लागि यस्ता व्यवस्थाको सामना गर्न एकता र बल आवश्यक रहेको उनले बताए ।
युक्रेन र रुसबिच सन् २०२२ को फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । यसैबिच विद्रोही समूहले सिरिया कब्जा गरेपछि असद देश छोडेर भागेका छन् । रुसले उनलाई शरण दिएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण