दुर्घटनामा परी कैलारीका स्वास्थ्य केन्द्र प्रमुख चौधरीको निधन

धनगढी । मोटरसाइकल दुर्घटनामा परी कैलालीको कैलारी गाउँपालिका १ मनाउ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कमलेस चौधरीको निधन भएको छ । कैलारी गाउँपालिका ३ उत्तरभर्री निवासी कमलेश चौधरीको गए राति मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो ।
जिल्लाको धनगढी उप–महानगरपालिका– १८ डिपो बजारस्थित धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको अवस्थामा उनले चलाएको सु.प.प्र.०१००११ प ७०७१ नं. को मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको डल्लपको पछाडिबाट ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का अनुसार धनगढी उपमहानगरपालिका १४ बिगाउँ बस्ने सन्तोष सार्कीले चलाएको डल्लबमा मोटरसाइकल ठोक्किन गएको हो ।
घाइते चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । डल्लब र डल्लब चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन
-
संवैधानिक नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने
-
बलात्कार मुद्दामा जेल बसेर निस्केपछि किर्ते कागजातको धन्दा
-
मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ : प्रधानमन्त्री
-
रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
-
पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान