नयाँ चरणको आर्थिक सुधार आवश्यक छ : वर्षमान पुन
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि गत वर्षको भुक्तानी भएकाले मात्रै बढी खर्च भएको देखिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि बुधवार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले पनि समस्या खर्च गर्नेमै छ । खर्च गर्ने जहिल्यैको समस्या हो । राजनीतिक परिवर्तनका कारण सिद्धान्त र प्राथमिकता एक जनाले प्रस्तुत गर्नुभो तर बजेट कार्यान्वयन गर्नेमा अर्को मन्त्रीले पर्नुभो,’ पुनले भने, ‘चर्चा गरेभन्दा कम बजेट आएको छ । ठुला आयोजनाको टेन्डर भएको छैन ।’ नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको पुनको भनाइ छ ।
‘यही गतिमा हिँडेर राजस्व धेरै आउने भन्ने हुँदैन । एकातिर प्राइभेट सेक्टर र राज्य मिलेर अर्थतन्त्रको सुधार गर्न सकिन्छ,’ पुनले भने– ‘लगानी किन भइरहेको छैन भन्दा आन्तरिक र वाह्य लगानी हुन सकेको छैन’ उनले भने ।
कृषि उद्योग, पर्यटनलगायत उत्पादनमूलक क्षेत्रमा लगानी गरिनुपर्ने पुनको भनाई थियो ।
‘धितोपत्र बोर्ड र विद्युत् प्राधिकरण लगायत अर्थतन्त्रलाई चलायमान बनाउने निकायमा अहिलेको सरकारसँग टिउनिङ मिल्ने हुनुहुन्छ । तर अपेक्षित लगानी हुन सकेको छैन’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण