बैंकिङ समूहमा उत्साह, नेप्सेमा ४५ अंकको वृद्धि

काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से)मा ४५ दशमलव ८८ अंकको वृद्धि आएको छ । दिनभर स्थिर अवस्थामा रहेको सेयर बजारले अन्तिम समयमा सकारात्मक बाटो लिँदा नेप्से परिसूचक १.७१ प्रतिशतले बढेर २ हजार ७ सय १५ दशमलव ८१ अंकमा पुगेको हो । बुधबार बजारमा ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
बुधबार २११ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै २९ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । परिसूचकमा उत्साहजनक वृद्धिका बाबजुद बुधबार कुनै पनि कम्पनीको सेयरमा सकारात्मक सर्किट भने लागेको छैन । बुधबार सबैभन्दा धेरै न्यादी पावर कम्पनीले ९.९७ प्रतिशत र कुथेल भुकारी स्मल हाइड्रोपावरको ९.६२ प्रतिशत वृद्धि हुँदा खानीखोला हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशत घटेको छ ।
बुधबार बजारमा १ करोड १३ लाख कित्ता सेयर किनबेच भएको छ । ३०८ वटा स्क्रिपहरु ५६ हजार ३५० पटक कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार बजारमा म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । बैंकिङ समूह सबैभन्दा बढी ३.४३ अंकले बढेको छ ।
बुधबार बजारमा जानकी फाइनान्सको १२९९ पटकमा ३६ करोड बढीको कारोबार हुँदा कारोबार रकम र संख्याको आधारमा शीर्ष स्थानमा रहेको देखिन्छ । कारोबार भएको स्क्रिपको आधारमा भने आरबीबी म्युचुअल फण्ड अगाडि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)