नेपाल सुपर लिगको तेस्रो संस्करण चैतमा हुने
बिहीबार, २७ मङ्सिर २०८१, १८ : ३६
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आगामी चैतमा हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले बिहीबार विज्ञप्ति जारी गर्दै एनएसएलको तेस्रो संस्करण आगामी चैत १६ गतेदेखि हुने जनाएको हो ।
विज्ञप्तिमा एनएसइएमका म्यानेजिङ डिरेक्टर श्रेयांस कार्कीले तेस्रो संस्करण घोषणा गर्न पाउँदा उत्साहित भएको उल्लेख गरेका छन् । एनएसएललाई फुटबलका सबै स्टेक होल्डरहरुले उत्साहका साथ हेर्ने भन्दै अब हुने सिजन अझ राम्रो हुने उनले उल्लेख गरे ।
यस्तै एन्फा महासचिव किरण राईले एनएसएल नेपालको फुटबल विकासमा महत्त्वपूर्ण हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण