नेपाल सुपर लिगको तेस्रो संस्करण चैतमा हुने
बिहीबार, २७ मङ्सिर २०८१, १८ : ३६

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आगामी चैतमा हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले बिहीबार विज्ञप्ति जारी गर्दै एनएसएलको तेस्रो संस्करण आगामी चैत १६ गतेदेखि हुने जनाएको हो ।
विज्ञप्तिमा एनएसइएमका म्यानेजिङ डिरेक्टर श्रेयांस कार्कीले तेस्रो संस्करण घोषणा गर्न पाउँदा उत्साहित भएको उल्लेख गरेका छन् । एनएसएललाई फुटबलका सबै स्टेक होल्डरहरुले उत्साहका साथ हेर्ने भन्दै अब हुने सिजन अझ राम्रो हुने उनले उल्लेख गरे ।
यस्तै एन्फा महासचिव किरण राईले एनएसएल नेपालको फुटबल विकासमा महत्त्वपूर्ण हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू