जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक भर्खरै सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मङ्सिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिवारसम्म चल्नेछ ।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समीक्षा हुँदैछ ।
यही मङ्सिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन विस्तार अभियान’ को विस्तृत समीक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेन्डा रहेको छ ।
सङ्गठन बिस्तारको जारी अभियान जनस्तरमा अत्यन्तै प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा थप व्यवस्थित ढङ्गले निरन्तरता दिनुपर्ने पार्टी नेतृत्वको प्रारम्भिक बुझाई रहेको बताइन्छ ।
यसका साथै, पार्टीको आगामी सङ्गठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माण बारे पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक भोलि शुक्रवार सम्पन्न हुनेछ । जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरुस्थानीय उप निर्वाचनमा कुल १२ स्थानमा उम्मेदवारी दिएको जसपा नेपालले मधेस प्रदेशमा दुई वटा वडा अध्यक्षमा विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण