जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक भर्खरै सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मङ्सिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिवारसम्म चल्नेछ ।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समीक्षा हुँदैछ ।
यही मङ्सिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन विस्तार अभियान’ को विस्तृत समीक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेन्डा रहेको छ ।
सङ्गठन बिस्तारको जारी अभियान जनस्तरमा अत्यन्तै प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा थप व्यवस्थित ढङ्गले निरन्तरता दिनुपर्ने पार्टी नेतृत्वको प्रारम्भिक बुझाई रहेको बताइन्छ ।
यसका साथै, पार्टीको आगामी सङ्गठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माण बारे पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक भोलि शुक्रवार सम्पन्न हुनेछ । जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरुस्थानीय उप निर्वाचनमा कुल १२ स्थानमा उम्मेदवारी दिएको जसपा नेपालले मधेस प्रदेशमा दुई वटा वडा अध्यक्षमा विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवाहरूमा नकारात्मक प्रवृत्ति हाबी भयो : नगरप्रमुख ढकाल
-
के युक्रेनमा सम्भव छ कोरियाजस्तो युद्धविराम ?
-
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी
-
आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री पौडेल
-
बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी (नामावलीसहित)