नेपाल प्रिमियर लिग क्रिकेट
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य
शुक्रबार, २८ मङ्सिर २०८१, १४ : ४६
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दोस्रो जितको खोजीमा रहेको विराटनगर किङ्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनायो । बसिर अहमद र राजेश पुलामीको विस्फोटक साझेदारीमा विराटनगरलाई बलियो स्कोरमा पुर्याए । बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए ।
बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा ४० रन खर्चर २ विकेट लिए । यस्तै सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण