जसपा नेपालको अभियानलाई निरन्तरता दिन सुझाव
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, सङ्गठन विस्तार अभियान’ लाई निरन्तरता दिनेगरी छलफल अघि बढेको छ ।
काठमाडौँमा जारी जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अभियानलाई निरन्तरता दिनुपर्ने आवाज उठेको बताइएको छ । यसअघि ‘जनतासँग जसपा नेपाल, सङ्गठन विस्तार अभियान’ मंसिरसम्म सञ्चालन गर्ने भनिएको थियो ।
अभियानको बारेमा सात वटै प्रदेशले आआफ्नो ब्रिफिङ गर्दा निरन्तरता दिनेबारेमा मत आएको एक कार्यकारिणी समितिका सदस्य एवं महासचिव रामकुमार शर्माले बताए ।
उनले भने, ‘जति साथीहरुले बोल्नुभयो ती सबैले संगठनका लागि अभियान निकै प्रभावकारी रहेकाले यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभएको छ । सबै प्रदेशको ब्रिफिङ सकिएपछि यस बारेमा निर्णय हुन्छ ।’ कतिपय स्थानीय तहमा अभियानका लागि कार्यक्रम गर्न बाँकी पनि छन्, त्यस कारणले पनि अभियानको म्याद थप्ने सम्भावना रहेको बताए । उनले बैठकमा स्थानीय तहको उपचुनाव बारे पनि समिक्षा हुने बताए ।
शुक्रबार सुरु भएर शनिवारसम्म चल्ने बैठकमा पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माण बारे पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन
-
क्रान्तिको विरासत सम्हाल्न तयार हुँदै नयाँ पुस्ता
-
अखिल क्रान्तिकारीको निर्वाचन : सापकोटालाई समर्थन गर्दै योगेन्द्र बुढाले फिर्ता लिए उम्मेदवारी
-
राजनीति आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
-
उपेन्द्र यादव सत्ता पक्ष कि विपक्षमा ?
-
टाइगर कप भोलिदेखि, उद्घाटनमा एपिएफ र ट्राभल इन्क्वारीबिच प्रतिस्पर्धा