पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टरका सारुमगर विजयी
शुक्रबार, २८ मङ्सिर २०८१, २२ : २९
काठमाडौँ । पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा सारु अध्यक्षमा निर्वाचित भएका हुन् ।
सारुले ४३५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शिव देवकोटाले ३२६ मत ल्याएका छन् । देवकोटा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट चुनाव लडेका थिए । बागमती प्रदेशमा ७६१ मत गणना भएको छ भने सिन्धुलीको मतगणना जारी छ । सिन्धुलीको मत गणना गर्नुअघि नै उनी विजयी घोषित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा
-
रवि लामिछानेमाथि थुनछेक बहस सुरु
-
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
-
पशुपति विकास कोष र ट्रान्सफर्मरको दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
दुई जिल्लाले धानेको सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र