अमेरिकी विदेशमन्त्री अचानक किन पुगे इराक ?
बगदाद । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन शुक्रबार अचानक इराकको राजधानी बगदाद पुगेका छन् । यसक्रममा उनले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग भेट गरेका हुन् ।
अमेरिकी विदेशमन्त्री टर्कीको अंकाराबाट अमेरिकी वायुसेनाको विमान सी–१७ मार्फत बग्दाद पुगेका थिए । एन्टोनी ब्लिन्केनको इराक भ्रमण अमेरिकी दृष्टिकोणबाट निकै महत्त्वपूर्ण छ। सिरियाको अवस्थालाई हेर्दा इराकको महत्त्व बढेको छ ।
इराक सिरियाको छिमेकी देश हो। बीबीसी संवाददाताका अनुसार सिरियाका क्षेत्रहरूमा तथाकथित इस्लामिक स्टेट समूहलाई नियन्त्रण गर्न र कमजोर पार्ने प्रयासमा अमेरिका र इराकको साझा हित छ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले आफ्नो इराक भ्रमणका क्रममा सिरियामा तथाकथित इस्लामिक स्टेट समूहको पुन: उदय हुन नदिन रणनीति बनाउन प्रयास गर्ने बताएका छन् । इराकी प्रधानमन्त्रीसँगको वार्तापछि उनले भने, ‘इराकले अन्य कुनै पनि देशको तुलनामा स्थिरताको आवश्यकतालाई बढी बुझेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण