दाङबाट ‘कर्मा’को छायाङ्कन सुरु
शनिबार, २९ मङ्सिर २०८१, १० : ५७
काठमाडौँ । फिल्म ‘कर्मा’को छायाङ्कन सुरु भएको छ । दाङको घोराहीबाट शुक्रबारबाट फिल्मको छायाङ्कन सुरु भएको हो । ४० दिन दाङ र ६ दिन रुकुममा छायाङ्कन हुने फिल्मका निर्देशक सौरभ चौधरी हुन् ।
विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेव लगायतको अभिनय रहने मुकुन भने नेगेटिभ क्यारेक्टरमा देखिने छन् । एक्सन ड्रामा जनरामा निर्माण हुने फिल्ममा विपिन पनि एक्सन अवतारमा देखिने बताइन्छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते फिल्म प्रदर्शनमा आउने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण