अहिलेको उपलब्धिलाई थप बलियो बनाउनेगरी संविधान संशोधन गर्नुपर्छ : भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएका हुन् ।
उनले ठुलो आन्दोलन र मेहनतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको भन्दै अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले संविधान सहमतिको दस्ताबेज भएकाले जनताको अधिकार स्थापित गर्नका लागि सबैको सहमतिमा संशोधन गर्न सकिने बताए । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य नहुने उनको भनाइ छ । भट्टराईले मुलुकको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राखे ।
उनले संविधान संशोधन गर्दा विभिन्न शक्तिहरूलाई खेल्ने ठाउँ दिन नहुने समेत बताए । लडेर बनाएको जनताको संविधान बचाउनका लागि सबै एक हुनुपर्ने भट्टराईको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
-
उपेन्द्र यादव सत्ता पक्ष कि विपक्षमा ?
-
टाइगर कप भोलिदेखि, उद्घाटनमा एपिएफ र ट्राभल इन्क्वारीबिच प्रतिस्पर्धा
-
‘फेरि रेशम फिलिली’मा सिक्वेल गीत ‘पारी त्यो डाँडामा’
-
कर्णालीका नागरिकले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्छ : भूपेन्द्रजंग शाही
-
रवि लामिछानेको थुनछेक बहस सकिएन, आइतबार ८ वकिलले बहस गर्ने