बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यले संविधान संशोधन गर्न लागिएको होइन : सांसद साउद
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यबाट संविधान संशोधन गर्न लागिएको भ्रम फैल्याइएको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनै पनि ठाउँमा दुई दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनै पनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोर्डन प्रजातन्त्रमा कसैको पनि नहुने स्पष्ट पारे । उनले अहिले सरकार संविधान संशोधनको प्रक्रियामा रहेको र सरकार पश्चगामी बाटोतिर नजाने बताए । उनले २०÷२५ हजार भोटले एक सांसद हुने, दलहरू थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, साना साना एक दल, दुई दल, तीन दल हुँदा हुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा एक सिट जित्ने हैसियत नहुने स्थिति रहेकाले कुनै न कुनै रूपमा त्यसलाई समाधान गर्नुपर्नेमा राष्ट्रिय सहमति बनेको बताए ।
उनले भने– ‘अब हामी संविधान संशोधनको प्रक्रियामा छौँ । संविधान संशोधनको प्रक्रियामा हामी अगाडि बढिरहेको बेलामा हामीले अब पश्चगामी भन्ने बाटोतिर कसैले पनि जान सक्दैन । लेफ्टहरूबाट बहस आएको म सुन्छु, दुई दलीय बन्यो, अर्को दलीय बन्यो । कम्युनिस्टहरू त एकदलीय शासन व्यवस्थालाई विश्वास गर्ने हुन् । तर उहाँहरूले बहुदलीय शासन व्यवस्थाको पैरवी गरेको सुन्दा मलाई चाहिँ बहुत सन्तुष्टि मिलेको छ ।’
साउदले भने, ‘दुई दलीय कसैले बनाउन खोजेको छ भन्ने कुरा बिल्कुलै होइन । कहिलेकहीँ थ्रेस होल्डको कुराले दुई दलीयलाई प्रमोट गर्ने बाटोमा अघि बढ्छ कि भन्ने, हामीले पुरानो अभ्यासबाटै हामी पनि संसदमा हुँदै धेरै छलफल र बहस भइसकेपछि अब २०÷२५ हजार भोटले एक सांसद हुने, दलहरू थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, साना साना एक दल, दुई दल, तीन दल हुँदा हुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा एक सिट जित्ने हैसियत नहुने स्थिति भइसकेपछि कुनै न कुनै रूपमा त्यसमा परिमार्जन गर्नुपर्छ भन्ने राष्ट्रिय सहमतिकै आधारमा हामी त्यो निक्र्यौलमा पुगेका हौँ । तर त्यसको उद्देश्य कुनै पनि ठाउँमा दुई दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनै पनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोर्डन प्रजातन्त्रमा कसैको पनि छैन ।’
सांसद साउदले एकदलीय शासन व्यवस्थालाई विश्वास गर्नै कम्युनिष्टहरुले बहुदलीय व्यवस्थाबारे आवाज उठाउँदा आफू सन्तुष्ट रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण