‘कार्साङ’ मा जितुको भूमिका कस्तो ?
काठमाडौँ । हास्य कलाकारको छवि बनाएका जितु नेपाल पछिल्लो समय ठुलो पर्दामा राम्रै छाइरहेका छन् । गत दसैँमा उनको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ आएको थियो । यो पुस २६ मा भने उनी अभिनित ‘कार्साङ’ प्रदर्शनमा आउँदैछ ।
दयहाङ राईको मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’ जितुको दयाहाङको साथीको भूमिका रहेको टिजरले प्रष्ट पारिसकेको छ । उनी यो चलचित्रमा दलित समुदायको पात्रमा रहेको निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।
बच्चा नभएको दोस एकले अर्कोलाई लगाइरहेको रहस्य यसको टिजरले खोलिसकेको छ । तर, कारण के र समस्या कोमा छ भन्ने हालसम्म खुलेको छैन । फिल्ममा जितुले दर्शकलाई हँसाउनुको अलावा केही गम्भीर रूपमा पनि प्रस्तुत हुने बताइन्छ ।
अभिनेता जितु भने फिल्मको भूमिका अहिले खोल्न नमिल्ने बताउँछन् । दर्शकलाई आफूले हसाउने हो वा रुवाउने थाहा पाउन फिल्मको रिलिज कुर्नुपर्ने उनको भनाई छ ।
दयाहाङ र जितुको अलावा चलचित्रमा सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कार्साङ’ शेर्पा समुदायको संस्कृतिमा आधारित भएर निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण