'करिश्मा का करिश्मा' फेम झनक शुक्लाले गरिन् विवाह
मुम्बई । शाहरुख खान स्टारर फिल्म ‘कल हो ना हो’ र करिश्मा का करिश्मा जस्ता टिभी शोमा देखिएकी झनक शुक्लाले विवाह गरेकी छन् । उनले आफ्नो लामो समयका प्रेमी स्वप्निल सूर्यवंशीसँग लगनगाँठो कसेकी हुन् । यसका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
झनक शुक्लाले आफ्नो इन्स्टाग्राममा विवाहको भिडियो शेयर गरेकी छन् । उनका पति स्वप्निल सूर्यवंशी मेकानिकल इन्जिनियर हुन्। यता झनक शुक्ला प्रसिद्ध डकुमेन्ट्री फिल्म निर्माता हरिल शुक्ला र अभिनेत्री सुप्रिया शुक्लाकी छोरी हुन्।
झनकले आफ्नो करियर बाल कलाकारको रूपमा सुरु गरेका थिए । उनी टिभी शो करिश्मा का करिश्मामा रोबोटको भूमिका निभाउनका लागि परिचित छन्। यस बाहेक झनकले फिल्म कल हो ना हो मा जया बच्चनकी धर्मपुत्री जिया कपूरको भूमिका निभाएकी थिइन् ।
यति मात्र होइन, उनले सोनपरी, हातिम र गुमराहका धेरै एपिसोडमा पनि काम गरिसकेका छन् । सन् २००६ मा झनकले टिभी उद्योगलाई अलबिदा गरिन् । अहिले झनक पुरातत्त्वविद् र जीवनशैली ब्लगर हुनुहुन्छ ।
हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्तामा झनकले आफूलाई अभिनयमा रुचि नभएको महसुस भएको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण