‘बम बहादुर’मा दर्शकले आफ्नै कथा पाउँछन् : अभिनेता सौगात
काठमाडौँ । ‘बम बहादुर’ पुस ५ गतदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले यतिबेला फिल्मको प्रचारका लागि पूर्व पुगेको छ ।
आइतबार फिल्म युनिटले पूर्वी नेपालको इटहरीमा पत्रकार भेटघाट गर्दै फिल्मको बारेमा जानकारी दिएको छ । चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति रहेको कार्यक्रममा फिल्म अर्ग्यानिक कथामा निर्माण भएको दाबी गरियो । ‘बम बहादुर’ चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा उतारेको छ । यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई मार्मिक ढङ्गले चित्रण गरेको समेत बताइयो ।
कार्यक्रममा अभिनेता सौगात मल्लले चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । ‘स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो । म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन’, मल्लले भने ‘नेपालमा बस्ने जतिले पनि यो चलचित्र हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ ।’
लेखक तथा निर्देशक जोन राईले चलचित्र बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए । उनले भने , ‘चलचित्रको अर्को उद्देश्य भनेको अब गोर्खाल्याण्ड जस्तो आन्दोलन नहोस् । विभिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो ।’
चलचित्रकी नायिका अनिशा रसाइलीले यो चलचित्रले सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन् । ‘म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो’, उनले थपिन् ‘मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नुस् ।’
कलाकार शान्तिला तामाङले यस चलचित्रबाट आफूले ठुलो आशा बोकेको बताइन् । दार्जिलिङ निवासी उनले नेपाललाई दुख्दा आफूलाई पनि दुख्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण