झापा कप : झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
झापा । विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी झापा कप २०८१ को आजको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो दिनको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जागृति क्वार्टर फाइनलमा प्रवेश गरेको हो । जागृतिको जितमा मिलन राई नायक बनेका छन् । उनले दोस्रो हाफको ५३ र ६२औँ मिनेटमा टोलीका लागि गोल गर्न सफल भए ।
खेलको ५३ औँ मिनेटमा गोलपोस्टको २० यार्डमा झापाका डिफेण्डर विशाल दर्जीले जागृतिका राईलाई ‘फाउल’ गरेका थिए । त्यसपछि पाएको ‘फ्री किक’लाई राईले नै सुन्दर गोल गरे ।
खेलमा दोस्रो गोल राईले नै गर्न सफल भए । ६२ औँ मिनेटमा झापाका दुईजना डिफेण्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गरे । गोलकिपर सन्दीप लिम्बूलाई ‘बिट’ गर्दै गरेको प्रहारले जागृतिको अग्रता दोब्बर बनायो ।
खेलको ‘प्लेयर अफ दी म्याच’ जागृतिका दुई गोलकर्ता मिलन राई भए । उनले नगद रु १० हजार पुरस्कार पाए । उनलाई झापा–११ का अध्यक्ष जलकुमार गुरुङ लगायतले ‘ट्रफी’ प्रदान गरे । सोमबारको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुबटल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ ।
आर्मीले पहिलो चरणको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई हराएको थियो भने सलहेस क्लब सिराहा बाइ पाएर प्रतियोगितामा सहभागी भएको हो । शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद रु १० लाख तथा उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले रु १० हजार नगद पाउनेछन् ।
प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोल किपर एकजनालाई रु ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद रु ३५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई ‘मस्ट भ्यालुएबल’ खेलाडी घोषित गरेर नगद रु एक लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण