भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
काठमाडौँ । भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका आरिफ खान उर्फ आरिस हुनेनलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २९ मा उनलाई घाइते अवस्थामा सिरहा नगरपालिका–१७ स्थित माडरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी विरेन्द्र कुमार पासवानले रातोपाटीलाई बताए ।
१७ वटा लुटपाट र हातहतियार मुद्दामा उनी भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचीमा छन् । बिहारस्थित मधुवनी जिल्लाको प्रहरीले उनलाई पक्राउ गर्नेलाई २५ हजार पुरस्का घोषणा गरेको छ ।
महोत्तरीमा २०८० जेठ २८ मा भएको एनएमबी बैंक लुटपाटमा उनी संलग्न रहेको खुलेको छ । हतियारधारी बैंकमा पसेर पेस्तोल देखाएर ३८ लाख लुटेर भागेका थिए । त्यसबेला आरिफ हुसेन सुटरको भूमिकामा बैंकमा प्रवेश गरेको डीएसपी पासवानले जानकारी दिए ।
सिराहाको कल्याणपुर नगरपालिका–८ स्थित ग्लोबल आइएमई बैंकको शाखा कार्यालयका लेखापाल उपेन्द्र शाहबाट ९ लाख नगद लुटेको घटनामा पनि उनको संलग्नता देखिएको छ । त्यसबारे अनुसन्धान गर्न उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा पठाइएको डीएसपी पासवानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण