सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई अदालत लगियो
मङ्गलबार, ०२ पुस २०८१, १० : २६
पोखरा । रास्वपा सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई आज पनि म्याद थपको माग सरकारी वकिल कार्यालयले गरेको छ ।
प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले म्याद थप मागिएको हो । पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
उनका अनुसार प्रहरीले दिएको राय हुबहु कार्यान्वयन गर्ने वा नगर्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग सहित प्रहरीले प्रतिवेदन तयार गरेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण