जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत
बर्लिन । जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमाएका छन् । सोमबार जर्मनीको संसदको ७३३ सिट भएको तल्लो सदन (बुन्डेस्टाग)मा स्कोल्जलाई बहुमतका लागि ३६७ सांसदको समर्थन आवश्यक थियो । तर उनले २०७ सांसदको मात्र समर्थन पाएका हुन् ।
उनको विपक्षमा ३९४ मत खस्यो । अन्य ११६ सांसद भने अनुपस्थित रहेका थिए । यससँगै फेब्रुअरीमा त्यहाँ प्रारम्भिक निर्वाचन हुने सम्भावना देखिएको छ । नोभेम्बर ६ मा तीन दलको गठबन्धन पतन भएपछि स्कोल्जले अल्पमत सरकारको नेतृत्व गरेका थिए ।
जर्मनीको स्थिर अर्थतन्त्रलाई पुनरुत्थान गर्ने मार्गबारे उत्पन्न विवादका कारण स्कोल्जले हालै आफ्नो अर्थमन्त्रीलाई बर्खास्त गरेका थिए । जसका कारण गठबन्धन सरकारमा असमझदारी पैदा भएको थियो । प्रमुख दलका कयौँ नेताहरू निर्धारित समयभन्दा सात महिना अगावै फागुन १३ गते संसदीय निर्वाचन गराउन सहमत भएका थिए ।
दोस्रो विश्वयुद्धयता जर्मनीको संविधानले बुन्डेस्टागलाई भङ्ग गर्ने अनुमति दिएको छैन । त्यसैले पनि स्कोल्जले विश्वासको मत पाउनु आवश्यक थियो । संसद्लाई भङ्ग गर्ने कि नगर्ने र चुनाव गराउने हो कि होइन भन्ने कुराको निर्धारण अब राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयरले गर्नुपर्नेछ ।
- ६० दिनभित्र निर्वाचन गराउनु अनिवार्य
चुनाव गराउने वा स्थगित गर्ने निर्णय गर्न राष्ट्रपति स्टेनमेयरसँग अब २१ दिन मात्रै बाँकी छ । जर्मनीको नियमअनुसार संसद विघटन भएपछि ६० दिनभित्र निर्वाचन गरिसक्नुपर्छ ।
बजेट र आर्थिक नीतिहरूमा असहमति उत्पन्न भएपछि स्कोल्जले नोभेम्बरमा पूर्व वित्तमन्त्री क्रिश्चियन लिन्डनरलाई बर्खास्त गरेका थिए । त्यसपछि क्रुद्ध बनेको लिन्डनरको फ्रि डेमोक्रेटिक पार्टी गठबन्धनबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण