सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
मङ्गलबार, ०२ पुस २०८१, १३ : १८

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । यसअघि, उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो ।
पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने
-
विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरू रुष्ट
-
मनिषाको घातक बलिङ, नेपालसामु १ सय १५ रनको लक्ष्य
-
बिन्दास हैदराबादसँग भिड्दै जित्नैपर्ने दबाबमा रहेको लखनउ
-
विस्थापित सिरियालीहरू अनिश्चितताको बीचमा घर फर्किए
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि