सुनसरीबाट गाँजासहित दुई जना नियन्त्रणमा
मङ्गलबार, ०२ पुस २०८१, १५ : १८
काठमाडौँ । सशस्त्र प्रहरी बलले सुनसरीको धरान उप–महानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा१०च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ्ग गरी ल्याउँदै गरेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले मंगलबार बरामद गरेको हो ।
चेकजाँचका लागि रोक्ने क्रममा चालक सडकमा कार छाडेर फरार भएका छन् । सोही कारलाई पछ्याउँदै आएको को३५प २०४५ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको छ ।
बरामद गाँजा, कार, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण