पैसा बचाउन पूर्व राष्ट्रपतिको सुरक्षामा कटौती गर्दै श्रीलंका
कोलम्बो । पैसा बचाउन श्रीलंका सरकारले महत्त्वपूर्ण कदम उठाएको छ । पूर्व राष्ट्रपतिहरूलाई प्रदान गरिँदै आएको अत्यधिक व्यक्तिगत सुरक्षामा कटौती गर्ने निर्णय सरकारले गरेको छ ।
सरकारले जनवरी १ देखि पूर्व राष्ट्रपतिलाई दिइने सुरक्षाकर्मीको संख्या घटाउने घोषणा गरेको हो । सरकारको उद्देश्य सम्पूर्ण देशको सुरक्षा सुनिश्चित गर्नु भएको श्रीलंकाका मन्त्री आनन्द विजेपालाले मंगलबार बताए । यो निर्णय सरकारको नीति अनुरूप भएको पनि बताइएको छ ।
सार्वजनिक क्षेत्रका उच्च पदमा बस्नेहरूलाई पनि सर्वसाधारण नागरिक सरह सुविधा दिने वाचा आफूहरूले देशसँग गरेको विजेपालाले बताएका छन् ।
सन् २०२४ मा पूर्वराष्ट्रपतिहरूको सुरक्षामा मात्रै श्रीलंकाले १४४ करोड ८० लाख स्थानीय रकम खर्च गरेको थियो । अहिलेको कठिन समयमा यो जनतामाथि बोझ भएको विजेपालाको भनाइ छ ।
पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको खर्च सबैभन्दा बढी छ । राजापाक्षको सुरक्षामा मात्रै राज्यले वार्षिक ३२ करोड ६० लाख खर्च गर्दै आएको छ । अब भने सबै पूर्वराष्ट्रपतिलाई ६० जना मात्रै प्रहरी उपलब्ध गराइने समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण