वैकल्पिक केन्द्रीय सदस्य हरिजन माओवादी पार्टीबाट निष्कासित
मङ्गलबार, ०२ पुस २०८१, १६ : ४८
काठमाडौँ। नेकपा माओवादी केन्द्रले एक जना वैकल्पिक सदस्यलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । पार्टीको लुम्बिनी प्रदेश कमिटीको सिफारिसमा पार्टी केन्द्रले वैकल्पिक केन्द्रीय सदस्य राजु हरिजनलाई निष्कासनको निर्णय गरेको हो ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका उनले पार्टी हित विपरीत अनुशासनहीन र शङ्कास्पद गतिविधि गरेको माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
पार्टी हित विरीतको गतिविधि गर्नुका साथै माओवादीप्रति अनास्था फैलाउने उद्देश्यले गतिविधि गर्न नछाडेपछि साधारण सदस्य समेत नरहने गरी निष्कासनको लागि प्रदेश कमिटीले सिफारिस गरेर केन्द्रमा पठाएको बरालको भनाइ छ ।
सोहीअनुसार हरिजनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय कार्यालयको निर्णय अनुसार निष्कासन गरिएको खबर प्राप्त भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण