एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छन् ।
त्यस्तै महासचिवको नेतृत्वमा उपमहासचिवहरु सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय भएको छ । नेताहरुको कार्यविभाजन भने दुई दिन पछि गर्ने निर्णय गरेको मंगलबारको स्थायी समिति बैठक सकिएपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै एकीकृत समाजवादीले पार्टीलाई जनतासँग जोड्न र जनताका दैनिक समस्या पहिचान गरेर जनसंघर्ष वा आन्दोलन गर्ने निर्णय पनि गरेको छ । जनसङ्घर्षका कार्यक्रम तयार गरेर सार्वजनिक गर्ने खतिवडाको भनाइ छ ।
साथै बैठकले कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको छ , तर एजेन्डाका आधारमा सहकार्य गर्न सक्ने विकल्प भने खुलै राखेको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण